Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बसपार्कमा टर्मिनल भवन निर्माण


२० चैत ,बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।

देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुदै आएको कालीपुलमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

भवन निर्माण सम्पन्न भएसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ । सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङसँग भ्याटसहित रु दुई करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सन काठमाडौँले भवन निर्माणको काम सम्पन्न गरेको छ ।

आयोजनाकी इन्जिनियर बिना साकटुले भवन निर्माण कार्य सम्पन्न भएको र केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए । नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालयलगायतको सुविधा रहेको छ ।

अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ । आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख केसीले बताए ।

अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ ।

विसं २०७४ मा सहरी विकास मन्त्रालयले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घ सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?