Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बसपार्कमा टर्मिनल भवन निर्माण


२० चैत ,बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।

देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुदै आएको कालीपुलमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

भवन निर्माण सम्पन्न भएसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ । सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङसँग भ्याटसहित रु दुई करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सन काठमाडौँले भवन निर्माणको काम सम्पन्न गरेको छ ।

आयोजनाकी इन्जिनियर बिना साकटुले भवन निर्माण कार्य सम्पन्न भएको र केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए । नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालयलगायतको सुविधा रहेको छ ।

अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ । आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख केसीले बताए ।

अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ ।

विसं २०७४ मा सहरी विकास मन्त्रालयले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घ सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?