२२ चैत ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोक गीतको संरक्षणको दायित्व नेपाल सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोक गीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए । दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई
२२ चैत ,मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
२० चैत ,चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् । गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताए । देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि
२० चैत ,दमौली । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए । “आवधिक निर्वाचनको विशेष
१९ चैत ,सुन्दरहरैँचा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताएका छन् । सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै
१८ चैत ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर
१८ चैत ,गलकोट। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए। बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना
१७ चैत ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र
१७ चैत ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको बताएकि छन् । उनले ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भए पनि यसप्रति उत्तिकै सजग र चनाखो हुनुपर्नेमा पनि जोड दिईन् । आजदेखि
१७ चैत ,काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो