Trending
>>   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट विनियोजन >>   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन >>   प्रदूषण न्युनिकरण गर्न काठमाडौंका उद्योगहरु उपत्यका बाहिर सारिने, व्यवसाय र हाउजिङलाई हदबन्दीभन्दा बढी जग्गा खरिदको… >>   कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन >>   २५ प्रतिशतसम्म विदेशी लगानी गर्न अनुमति >>   रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्या इने >>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन >>   राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा >>   कृषियोग्य जमिन बाँझो राख्न नपाइने >>   युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

विश्व


इक्वेडरमा भूकम्प: १६ जनाको मृत्यु, ४०० घाइते

५ चैत्र, काठमाडाैँ शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ । इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा

क्रिमिया भ्रमणमा पुगे राष्ट्रपति पुटिन

५ चैत्र, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गरेका छन् । ‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए । “हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने

‘फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने’

५ चैत्र, एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ

रूसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

४ चैत्र, एजेन्सी । यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध

आईएस लुक्ने ठाउँमा छापा, धेरै मारिएको आशंका

४ चैत्र, एजेन्सी। अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ । सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन् । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५,

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

४ चैत्र, एजेन्सी। दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। "पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको ," एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ । सङ्क्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन्

इरानी कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दिइयो

४ चैत्र, एजेन्सी। इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ । अन्य पाँच

श्रीलङ्काले विद्यार्थीका लागि बिनाब्याज ऋण दिने

४ चैत्र, एजेन्सी। श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो । वित्त राज्यमन्त्री

व्यावसायिक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

३ चैत्र, काठमाडाैँ । दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ," एक

चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

३ चैत्र, एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

सम्वन्धित समाचारहरु