Trending
>>   नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै >>   परिपक्व उमेरमा विवाह गर्न थाले नेपाली >>   हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा >>   शान्तिपूर्ण आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छः प्रमुख सचेतक शाही >>   बजेटः आकार बढ्दै, खर्च घट्दै >>   गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम >>   भूटानी शरणार्थी प्रकरण सेलाउन नपाउदै भिजिट भिसा सेटिङ प्रकरणले देशको शिर थप निहुराएको माओवादीको टिप्पणी >>   भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग >>   हत्या गरेको अभियोगमा पक्राउ >>   बजारबाट ८० अर्ब खिच्दै राष्ट्र बैंक
Logo
१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

सुदूरपश्चिम


कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

२९ चैत्र, कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। 'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री

पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय

२८ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दीप बहुमुखी क्याम्पस र बझाङकै सुनकुडा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको जानकारी गराए।

विद्युत् लाइन विस्तार गर्न पनि दिएनन् भारतीय सुरक्षाकर्मीले

२७ चैत्र, कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आइतबार अवरोध गरेको हो । हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा खाना खाएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले भट्टको घरमा खाना खाएका हुन् । खाना खाइसकेपछि उनले भट्टको घर आफ्नो पनि भएको बताएका छन् । 'यो घर मेरो पनि हो, यहाँ

एमालेका सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा गएका छन् । उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी गएका थिए । सोही क्रममा उनी चियाखाजा खानका लागि

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी धनगढी पुगेका हुन् । उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी गएका हुन् । प्रचण्ड आज नै काठमाडाैँ फर्किने कार्यतालिका रहेको छ ।

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

२५ चैत्र, सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताएका छन् । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताएका हुन् । एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

२५ चैत्र, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए । “पछिल्लो केही दिनयता

जब उपप्रधानमन्त्री खड्काले सुर्खेतको माटोलाई ढोगे‍‍‍…

२५ चैत्र, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले माटोलाई ढोगेका हुन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन् । खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयहरू पुगेका थिए

सम्वन्धित समाचारहरु