१८ श्रावण, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता
१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो । सुदूरपश्चिममा
१६ श्रावण, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाने भएको छ । पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले पार्टीले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको जानकारी दिएकी छिन् । आज बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र
१६ ,श्रावण ,टीकापुर । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण
१५ श्रावण, कैलाली । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकेनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न
१५ श्रावण, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ । विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला
१४ श्रावण, कञ्चनपुर । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ
१४ ,श्रावण ,बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार,
१३ श्रावण, कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले
१३ ,श्रावण ,बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका-३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा