Trending
>>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी >>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

लुम्बिनी


पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण

१७ वैशाख ,देउखुरी । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

१६ वैशाख ,भालुवाङ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकि छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताईन् । उनले भनिन्, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक

१८ गते विश्वासको मत लिँदै मुख्यमन्त्री चाैधरी

१६ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ गते सोमबार विश्वासको मत लिने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उनका अनुसार बैठकले लुम्बिनी

मिटरव्याज पीडितका लागि कपिलवस्तुमा सहायता कक्ष सञ्चालन

१६ वैशाख, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निबेदन संकलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटर व्याजबाट पीडितहरुले बैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता कक्षमा आई निबेदन दिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

१६ वैशाख, नवलपरासी । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। नयाँ वर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो। मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज

अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय हो : मन्त्री शर्मा

१६ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

१५ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार

सुजल र आरुषीले जिते स्वर्ण

१५ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए सपथ

१५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए

रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले हरेक शुक्रबार उडान भर्ने

१५ वैशाख, गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा

सम्वन्धित समाचारहरु