गोरखा । मुख्यमन्त्रीलाई विश्वासको मत दिँदाको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई बैठकमा प्रवेशमा रोक लगाइएको छ। माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका नेता गोरखा २ (१)बाट निर्वाचित देवकोटाले २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मत दिएपछि
काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल
गण्डकी। गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे
पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् । गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
काठमाडौैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
कास्की । सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश गरेको हो । ६० सदस्य रहेको गण्डकी प्रदेश सभाको २३ वैशाखमा सम्पन्न बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको
कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकिएको छ । दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि भैसकेको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ।