Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पोखरामा नेपाल जेसीजको बिजनेस एकेडेमी सम्पन्न


पोखरा । पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको छ । जेसीआई नेपालको आयोजना तथा जेसीआई पोखराको आतिथ्यतामा यही भाद्र ७ देखी १० गते सम्म पोखरा बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिकरण नीतिहरू र उद्धमशिलता बिकासबारे महत्वपूर्ण प्रशिक्षण प्रदान गरेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैन सहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजिब गौतमले देशभरीबाट सहभागी ६२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखराका प्रतिष्ठित ब्यवसायी गणेश बहादुर भट्टराई र प्रकास देव पालिखेले “फायारसाइडटक“ मार्फत ब्यवसायिक चुनौती र सम्भावनाबारे अन्तरकृया गरेका थिए ।

कार्यक्रममा पहिलो पटक नेपालमा रहेका राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउका उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाईफ लगायतका १० बिभिन्न व्यवसायी र प्रशिक्षार्थीहरुबीच “बिजिनेस एक्स्चेन्ज मिट“ आयोजना समेत गरिएको थियो । जसले यस कार्यक्रमको उत्कृष्टतालाई प्रमाणित गर्नुका साथै समग्र नेपाल जेसीजको लागी पनि कार्यक्रमले फरक ब्राण्ड स्थापित गर्न सक्षम रहेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर किरण के.सी.ले जानकारी दिए ।

पोखरा जेसीजका अध्यक्ष देबराज शर्माले पोखरा जेसीजले स्वर्ण बर्ष प्रवेश गरेको अवसरमा बर्ष भरी बिभिन्न कार्यक्रमहरु गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले वास्तविक रुपमा आजको आवश्यकता अनुरुपको युवाहरुको क्षमता विकासको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्घोष गरे । शर्माले नेपाल जेसीजका कार्यक्रमहरुमध्ये उत्कृष्ट ब्यवस्थापन सहित समय सान्दर्भिक बिषय समेटिएको हुँदा सो प्रशिक्षणबाट युवाहरुको व्यवसायिक बिकास र सशक्तिकरणमा विशेष टेवा पुग्ने बताउदै दिक्षित प्रशिक्षार्थीहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमकोे उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लिराज भट्टले गरेका थिए भने अध्यक्षता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोख्रेलले गरेका थिए । चार दिनको उक्त कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित बनेका ६२ जना युवाहरुले यस कार्यक्रमबाट जिवनोपयोगी सिकाई भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५ मा स्थापित भई स्थापनाकाल देखी नै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक आवश्यकतामा पनि अग्रसर रहँदै आएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?