Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

गण्डकी


स्थापनाको ७५ वर्ष : विद्यार्थीको रोजाइ बन्दै

गण्डकी। अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ भने पछिल्ला केही वर्ष यता यस विद्यालयप्रति विद्यार्थी

तनहुँ बस दुर्घटना : घाइते भएका मध्ये दुई जनाको मृत्यु

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

१३ ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । पञ्चकोट धाम

तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

१३ ,मङ्सिर ,दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

१३ ,मङ्सिर ,म्याग्दी । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

१२ ,मङ्सिर ,गण्डकी । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा उद्योग, पर्यटन, वन

तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण

दमौली,तनहुँ। म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो । त्यस्तै, व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा

पोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ । उक्त समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा

पोखरा महानगरपालिकाले अनुमतिबिना रुख काट्नेलाई जरिवाना

कास्की। पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । उक्त महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । त्यस्तै, फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको

केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेशले सुदूरपश्चिमलाई ८ विकेटको अन्तरले हरायो

पोखरा। केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ । पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो । यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन

सम्वन्धित समाचारहरु