Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा


पोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

उक्त समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो । त्यस्तै, पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । त्यसैगरी, सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए । पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए भने ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए ।

उक्त जितका लागि १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । त्यस्तै, नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए भने पुलिले सुदूरलाई १६ रन अतिरिक्त दिएको थियो । सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । उनले ३४ बल मात्र खेलेका ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका थिए ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?