११ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ ।नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा सुरु हुने सो प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन
१० जेष्ठ ,काठमाडौँ । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएका हुन् । “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान
१० जेष्ठ ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको
१० जेष्ठ ,काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ । चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका–८ स्थित नगर कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । विसं २०१७ मा अरनिको राजमार्ग निर्माण भएपछि मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरका
१० जेष्ठ ,काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् । ‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उनले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताए । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उनले सबैलाई उपयोगी
१० जेठ, काठमाडाैँ । भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका तीन वटा जिल्लामा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा
१० जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते
१० जेठ, हेटाैँडा । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले
१० जेठ, चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए । सुँड काटिएको एक महिनापछि पानी आफैँ खान सुरु गरेको ४५ वर्षीया पोथी
१० जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलबारदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो । ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको