२५ जेठ, चितवन । तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ..., बचाउ... ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी
२५ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर अखण्ड भारतको नक्सा राखेपछि भारतको कदमको प्रतिवाद गर्न उनले उक्त नक्सा राख्न लगाएको बताइएको छ । केही दिनअघि मात्रै बालेनको कार्यकक्षमा उक्त नक्सा
२५ जेठ,भक्तपुर । भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको
२५ जेष्ठ ,काठमाडौँ । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआई कक्षा ११ को भर्नासम्बन्धी प्रक्रिया अगाडि नबढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ । केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले त्यस्तो नगर्न भनेको हो । एसईईको नतिजा नआएसम्म कक्षा
२५ जेष्ठ ,काठमाडौँ । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग
२५ जेष्ठ ,भरतपुर । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा सिलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी
२४ जेष्ठ ,काठमाडौँ । जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा बाँसुरी, सनई, खैँजडी, मादल, टुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव
२४ जेठ, रसुवा । गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो
२४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, “अब बेलिब्रिज
२४ जेठ, काठमाडाैँ । सरकारले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसका साथै मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय पनि गरेको छ ।