काठमाडौँ । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा
काठमाडौं । काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कडाइ गरेको छ। सडक दुर्घटना बढ्दै गएको र यात्रुको सुरक्षामा जोखिम देखिएको भन्दै जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार
काठमाडौं। लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टार र लियो क्लब अफ काठमाडौं ब्राइट स्टारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त संकलन तथा सुरक्षित रगत व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एन्ड रिसर्च सेन्टरको भूमिकाले यस्ता अभियानमा संस्थागत समन्वयको महत्त्वलाई थप स्पष्ट पारेको छ।
काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य भए पनि प्रक्रिया टुंगिन नसकेको भन्दै उनले ७१ औँ प्रहरी दिवसको अवसरमा वागमती प्रदेश प्रहरी कार्यालयले
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्यक महादानका लागि तयारी तिब्र पारेको छ । महानगरले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादान सफल बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरि तयारी अगाडी बढाएको हो । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महादान सफल पार्न आवश्यक तयारी थालिएको जानकारी दिएकी छिन्
काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ
काठमाडौं । काठमाडौंको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज) निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ । सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाकाअनुसार २०८२ फागुन २१ गते सम्झौता भई शुरु
काठमाडौं ।गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ वागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर समक्ष पेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत
काठमाडौँ। सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा जथाभावी सवारी साधन राख्ने तथा सडक र सडकपेटीमा अनधिकृत रूपमा मालसामान थुपार्ने कारणले दुर्घटना भए त्यसबाट हुने क्षतिको क्षतिपूर्ति सम्बन्धित सवारीधनी, चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाटै असुल गरिने भएको छ । संसद्मा दर्ता भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् । शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणको लागी बाँकी रहेको सम्पदाहरुको पनि अधिकांश काम सकिएर फिनिसिङ गर्न मात्रै बाँकी रहेको बताएका छन् । महानगरपालिका र ज्यापु समाज