काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८
काठमाडौं । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर
काठमाडौं । तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरममा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति दिएको हो । जस अनुसार महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी
काठमाडौं । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन् । यूएईविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालका सोमपाल कामीले पहिलो ओभरमै विकेट लिन सफल भएका हुन् । उक्त मुलपानी स्टेडियममा नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् । आज नेपालको
काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान
त्रिवेणी,रुकुम पश्चिम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको हो । पर्यटन तथा
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो तर यस वर्ष