Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट


काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन्, तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् । त्यसैगरी बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए भने तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । जसमा ९ लाख ४९ हजारको हात खाली भएको छ भने यसको नतिजा ‘आईपीओरिजल्ट डट् सीडीएससी डट्कमडट् एनपी’बाट हेर्न सकिनेछ ।

उक्त कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो भने सो कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?