Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट


काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन्, तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् । त्यसैगरी बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए भने तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । जसमा ९ लाख ४९ हजारको हात खाली भएको छ भने यसको नतिजा ‘आईपीओरिजल्ट डट् सीडीएससी डट्कमडट् एनपी’बाट हेर्न सकिनेछ ।

उक्त कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो भने सो कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?