Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वैदेशिक शिक्षाको नाममा बाहिरियो झण्डै ३३ अर्ब


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक शिक्षा खर्चतर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । सरकारलाई सेवा आयतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ भने आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो । त्यस्तै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ भने अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?