Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

वागमती


आज कुशे औँशीः पशुपतिमा श्राद्ध गर्नेको भीड

काठमाडौँ। आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्

काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन् । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी छिन् । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री

नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) मा फुर गेल्जे शेर्पाले समूहले उम्मेदवारी घोषणा गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले उम्मेदवारी घोषणा गरेको हो । अगामी भदौ ७ मा काठमाडौंमा हुने संघको महाधिवेशनका शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा

बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए

काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपाद् जोखिम

बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

वागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् । ११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । त्यसै

मनाइयो १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवस

चितवन। चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलवार सौराहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको

साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौँ। साउन महिनाको अन्तिम सोमबारको अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। हिन्दू धर्ममा भगवान शिवलाई समर्पित साउन महिनामा पर्ने अन्तिम सोमबारलाई विशेष पवित्र मानिन्छ। भक्तजनले बेलपत्र, गंगा जल, दूध र धतुरासहित भगवान शिवको दर्शन गरी स्वास्थ्य, समृद्धि र मनोकामना पूर्तिको कामना गरेका छन्।

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि

वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

काठमाडौँ। वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित

सम्वन्धित समाचारहरु