काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो भने हङकङका अंशुमन रथले सर्वाधिक
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो भने मलेसिया पनि नेपाललाई हराउँदै
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । ओमानले दिएको १७५
काठमाडौं । सुनको मूल्य आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको थियो । भेटका क्रममा अर्थमन्त्री डा. महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्दै उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए । सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको
काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ । अमेरिकी विदेश मन्त्रालयमा गएराति भएको भेटमा एमसीसी परियोजना, सूचना प्रविधि, कृषि, खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको थियो । साथै इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएकोप्रति समवेदना समेत
१३ ,कात्तिक ,मनहरी । बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो । प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले रिट दायर गरेको हो । बागमती