Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाललाई विश्वकपमा पुर्‍याउँदा आफूलाई भाग्यमानी महसुस भएको छ : रोहित पौडेल


काठमाडौं। नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् । आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् । सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको हो । ‘आज मलाई निकै भाग्यमानी र गर्व लागिरहेको छ । सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हौँ हामी । त्यो विश्वकप खेल्नु भएका पारस दाइ, शक्ति दाइ, शरद दाइ हाम्रो पुस्ताको लागि रोल मोडल हुनुहुन्छ’, कप्तान रोहितले भने । त्यस्तै, यूएईका कप्तान मोहम्मद वासिमले आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेको बताउदै उनले टोलीलाई २५ देखि ३० रन कम भएको र नेपाली बलरहरूले निकै राम्रो प्रदर्शन गरेको बताए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?