Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

नेपाललाई विश्वकपमा पुर्‍याउँदा आफूलाई भाग्यमानी महसुस भएको छ : रोहित पौडेल


काठमाडौं। नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् । आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् । सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको हो । ‘आज मलाई निकै भाग्यमानी र गर्व लागिरहेको छ । सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हौँ हामी । त्यो विश्वकप खेल्नु भएका पारस दाइ, शक्ति दाइ, शरद दाइ हाम्रो पुस्ताको लागि रोल मोडल हुनुहुन्छ’, कप्तान रोहितले भने । त्यस्तै, यूएईका कप्तान मोहम्मद वासिमले आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेको बताउदै उनले टोलीलाई २५ देखि ३० रन कम भएको र नेपाली बलरहरूले निकै राम्रो प्रदर्शन गरेको बताए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?