दोलखा ।२१ वर्षिय दिपेन्द्र घिसिङ पाइलट बन्न चाहन्छन् । अभिभावक बिहिन उनलाई पाईलट पढ्न ८१ लाख खर्च लाग्ने भएपछि उनले जनप्रतिनिधिहरुसंग गुहार मागे। बरु खाडी जाउ भन्ने सल्लाह पाएपछि आर्थिक अभावकै कारण आफनो सपना नतुहियोस भनेर उनले १/१ रुपैयाँ सहयोग संकलन अभियान नै चलाएर अहिले ६० लाख जम्मा गरिसकेका छन्।
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा. शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे । उक्त सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता
काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिईभिटि सानाेठिमीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे छ । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठककाे निर्णय अनुसारका चार बुँदे मागपत्र पेश गरेकाेमा व्यवस्थापनले वेवास्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले, आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको
गण्डकी। स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । उक्त विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको
काठमाडौं। शैक्षिक परामर्श दिने शैक्षिक संस्थाहरू ९कन्सल्टेन्सी० लाई धरौटी राखेर मात्रै सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामा धरौटी राख्नुपर्ने प्रस्ताव गरेको हो । संसदमा पेस गर्नुअघि सरोकारवालाबाट राय सुझाव माग गरिएको छ । त्यसका लागि १५ दिनको
काठमाडौं । नेपाल विद्यार्थी संघले माघको दोस्रो साता रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पत्रकार सम्मेलन गर्दै माघ १३, १४ र १५ गते ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना लागिएको बताए । काठमाडौँस्थित दशरथ रङ्गशालामा ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दै छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा
ढोरपाटन,बागलुङ। अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका-९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । त्यस्तै, ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट
चितवन। राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ् बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालु शैक्षिक सत्रबाट दुईवटा विद्यालयमा आवासीय व्यवस्थापनको सुरुवात गरिएको हो । एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय