Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ३ जनाको नाम सिफारिस गरिने


काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो ।त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको छ। उक्त अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सर्टलिष्टमा परेकाहरूको सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो भने प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ताको बोलाइएको हो।

सो अन्तर्वार्ताका लागि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियालाई बिहान साढे ८ बजे बोलाइएको छ । त्यस्तै दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापालाई अन्तर्वार्ताको लागि बोलाइएको छ।उक्त अन्तर्वार्तापछि समितिले सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको उपकुलपति नियुक्तका लागि कुलपति समक्ष सिफारिस गर्नेछ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?