काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने
काठमाडौं। विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।
काठमाडौँ। सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु
काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको
पर्सा । आफ्नै बुबा ८० वर्षीय रामजान देवानको हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका-८ जगतपुर बस्ने उनकी छोरी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले घरायसी विवादको क्रममा सोमबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानको वीरगंज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगंजमा थप
काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन् । नेपाल
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हान्दा ५३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक सहित नेपाली रहेको जानकारी दिएको छ । उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट
मोरङ। बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त
काठमाडौं । प्रहरी प्रधान कार्यालयको कमान्ड सेन्टरबाट देशभरका प्रहरी युनिटलाइ भूकम्पको विवरण संकलन गर्न निर्देशन दिएको छ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको एक घन्टामै ७ परकम्प गएको छ ।मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प
काठमाडाैं । विश्वमा नेपाल क्षेत्रफलका हिसावले सानो छ तर विविध विविधताले सम्पन्न छ । जात, धर्म, संस्कृति देखि लिएर भूगोल, हावापानी र जैविक विविधता । जैविक विविधताको दृष्टिमा नेपाल एशियामा ११ औँ र विश्वमा २५ औँ धनी राष्ट्रमा पर्दछ । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा पत्ता लागेका वनस्पति