काठमाडौँ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् । कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एसियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक
काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । हेर्नुहोस् भर्नाको सूचना :
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस सूचीमा ईश्वर कार्की , राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडाैं । निर्दयतापुर्वक कुकुरहरुको हत्या गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका छन् ।
काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले महानिरीक्षकद्वय कुबेर कडायत र रबिन्द्र केसीलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
मोरङ। जहदा गाउँपालिका-१ धुनीबस्तीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको
धनकुटा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
सर्लाही । हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा
सुनसरी। हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको