३१ वैशाख, काठमाडाैँ । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक
३१ वैशाख, काठमाडाैँ । नेपाल टेलिकमले 'अल टाइम अल-नेट भ्वाइस प्याक' अफर ल्याएको छ । सस्तो दरमा कुराकानी गराउने उद्देश्य सहित टेलिकमले उक्त अफर ल्याएको हो । यस अफर अन्तर्गत अनलिमिटेड प्याक लिएपछि सबै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमले जानकारी दिएको छ । यो अफरमा विभिन्न आकर्षक प्याकहरू रहेका छन्
३१ वैशाख ,मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ । रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे । आर्थिक
२९ वैशाख, एजेन्सी । ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गरने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अधकारीले यसको प्रक्रिया नकै अगाडि बढेको
२९ वैशाख, काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्याे । जहाज अवतरण
२८ वैशाख, ताप्लेुङ । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएका छन् । गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो । टेकमाइन्डस्को फाइबर केबल नेपाल
२७ वैशाख ,काठमाडौँ । नेपाल एपीएफ अस्पताल बलम्बुमा आजदेखि मिर्गौलाको डायलासिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाकोे शुरुआत गरे । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्यप्रति चासो राख्दै डायलाइसिस र मिर्गाैला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय
२६ वैशाख, काठमाडौं । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँलाई ठूलै समस्या बनेकाे होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौंको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाइँको उपचार
२६ वैशाख ,अन्नपूर्ण (कास्की) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गरेका हुन् ।
२५ वैशाख, काठमाडाैँ । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन् । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् । मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम