Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फर्म्याट भएको भनिएको खाँणको मोबाइलमा भेटिएन नक्कली शरणार्थी सम्बन्धित प्रमाण


८ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा घटनासँग सम्बन्धित प्रमाण नरहेको पाइएको छ ।

प्रहरीले प्राप्त डिजिटल जाँच रिपोर्टमा उक्त प्रकरणमा सम्बन्धित कुनै जानकारी  नरहेको प्रहरीले जानकारी दिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएको भन्दै प्रहरीले खाँणलाई बैशाख २७ पक्राउ गरेको थियो । पक्राउ पर्नुभन्दा पहिले नै उनको मोबाइल फर्म्याट भएको पाइएपछि थप जाँचका लागि मोबाइल डिजिटल ल्याबमा पठाइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी सहित १६ जना पक्राउ परेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान सकेर राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?