१ भदाै, हुम्ला। हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन् । तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो । फोर जी सेवा
३२ श्रावण, देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ । वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । वीरगञ्ज महानगरपालिकाको रु २७ लाखको लागतमा जडान गरिएको
३२ श्रावण, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । “सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको
२९ श्रावण, काठमाडाैँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक बोलपत्रदाता, दुई हजार सात सय ४३ बैंक शाखा आबद्ध
२७ ,श्रावण ,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय
२६ श्रावण, एजेन्सी । रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज–२.१बी रकेटले प्रक्षेपण गरेको थियो । लिफ्ट अफ भएको नौ मिनेट पछि,
२६ श्रावण, झापा । झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसीक्यामेरा जडान
२६ ,श्रावण ,काठमाडौँ । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा,
२५ ,श्रावण ,काठमाडौँ । नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध
२५ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले