Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान


३२ श्रावण,  देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ ।

वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । वीरगञ्ज महानगरपालिकाको रु २७ लाखको लागतमा जडान गरिएको एएनपिआर प्रणालीको बुधबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।

उहाँले जडान गरिएको अत्याधुनिक प्रविधिले वीरगञ्जको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वीरगञ्जवासीको जिउधनको सुरक्षाका लागि वीरगञ्जका केही स्थानमा हाल जडान गरिएको एएनपिआर प्रणालीका क्यामरालाई चाँडै नगरभरि विस्तार गर्दैै लैजाने जानकारी दिए ।

वीरगञ्जको परवानीपुर, गण्डकलगायत नगरका विभन्नि चोकमा जडान गरिएको अत्याधुनिक क्यामेरा र एएनपिआर प्रणालीले वीरगञ्ज सहरलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनले सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिकोसमेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

उक्त प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?