Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान


३२ श्रावण,  देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ ।

वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । वीरगञ्ज महानगरपालिकाको रु २७ लाखको लागतमा जडान गरिएको एएनपिआर प्रणालीको बुधबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।

उहाँले जडान गरिएको अत्याधुनिक प्रविधिले वीरगञ्जको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वीरगञ्जवासीको जिउधनको सुरक्षाका लागि वीरगञ्जका केही स्थानमा हाल जडान गरिएको एएनपिआर प्रणालीका क्यामरालाई चाँडै नगरभरि विस्तार गर्दैै लैजाने जानकारी दिए ।

वीरगञ्जको परवानीपुर, गण्डकलगायत नगरका विभन्नि चोकमा जडान गरिएको अत्याधुनिक क्यामेरा र एएनपिआर प्रणालीले वीरगञ्ज सहरलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनले सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिकोसमेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

उक्त प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?