Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

संस्कृति


कोजाग्रतमा ताल–बाराही देवीको दर्शन गर्नेको घुइँचो

११ ,कात्तिक ,लेखनाथ । मोरङ विराट चोक निवासी खगेन्द्र तिमिल्सेनालाई पोखरा फेवातालको पानीमाथि ताल बाराही देवीका मूर्ति छ भन्ने कुरा यस अगाडि नै थाहा थियो । कोजाग्रत पूर्णिमा दिन देवीको दर्शन गर्न आउने मेसो उहाँलाई मिलेको थिएन । यसपटक भने उहाँले फुर्सद निकालेर परिवारसहित मुस्ताङको मुक्तिनाथ दर्शनसँगै आज पोखराको ताल

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

११ ,कात्तिक ,महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने

असनका तुलाधरको खड्गजात्रा

९ ,कात्तिक ,काठमाडौँ । असन आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका–२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा

तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न

८ ,कात्तिक ,भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ । जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका

यसरी मनाए कलाकारले दसैँ

८ ,कात्तिक ,काठमाडौँ । विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताए

राष्ट्रपतिबाट बडादसैँको शुभकामना

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

६ ,कात्तिक ,काठमाडौँ । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो ।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

६ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक

हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

६ ,कात्तिक ,काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

६ ,कात्तिक ,काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा

सम्वन्धित समाचारहरु