सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य
काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ मा कवाडि हटाउन वडाले पत्र काटेकाे छ । वडा अध्यक्ष इश्वरमान डंगाेलले पत्र काटेर ३५ दिन भित्र कवाडि हटाउन निर्देशन दिएका हुन् ।
काठमाडौं। युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ । २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । त्यस्तै, परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि
काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्करुपमा उपलब्ध गराउन ब्लड बैंकको सुरुआत गरेको छ । बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैंकको स्थापना गरिएको
दमौली,तनहुँ। नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । त्यस्तै, मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ । यति छोटो अवधिमा यो सफलता हाँसिल गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र
किमाथाङ्का,सङ्खुवासभा। सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । सो जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवै जनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका-३ की सुत्केरी २५ वर्षीया विना
ललितपुर। नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा सविना श्रेष्ठले जानकारी दिएकी छन् । उक्त अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।
भक्तपुर। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्वदेशी तथा विदेशी नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गरेको छ । आयुर्वेद स्वास्थ्य सेवा प्रवाहबारे जानकारी दिन केन्द्रले यहाँका पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम गर्दै आयुर्वेद स्वास्थ्यमा विश्वास बढ्दै गएपछि सेवा प्रवाहको चाप पनि बढेको जनाएको छ । उक्त जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले