Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

खर्च अभावले रोकियो उपचारः बिपेशको जीवनरक्षाका लागि परिवारद्वारा सहयोगको अपिल


काठमाडौं । हुम्ला सार्केगाड गाँउपालिका १ घर भई बौद्धस्थित समता स्कुलमा अध्ययनरत १७ वर्षिय छोरा बिपेश कार्कीको परिवारले जीवनरक्षाको लागि अपिल गरेको छ । बुवा गड बहादुर कार्कीले एक्कासी दुबै खुट्टा नचल्ने, बाथरोग, उच्च ज्वरो र टाउकोमा पानी जमेको लगायत गम्भिर प्रकृतिको रोग लागेको बताए ।

चार महिनासम्म वीर अस्पताल, ग्राण्डि ईन्टरनेशनल अस्पताल, अन्नपुर्ण न्युरो अस्पताल, नर्भिक अस्पताल र नेपाल मेडिकल कलेजमा राखेर उपचार ग¥यौँ तर, रोगको उपचार हुन सकेको छैन । चिकित्सकहरुले कहिले क्यान्सर त कहिले टिबी भएको भन्दै उपचार गरेको तर,कुनै पनि उपचार सफल भएन ।

उनले परिवारबाट ऋण सापट गरेर धान्न सक्ने सबै उपचार भयो । उपचार गर्न नसक्दा स्वास्थ्य अवस्था झन विग्रँदै गएको बताए । उपचारको लागि अस्पतालले पेट स्क्यानको लागि ७० हजार र एक पटक ईनजेक्सन लगाएको मात्रै २ लाख १० हजार चाहिने जानकारी गराएको थियो । तर कमजोर आर्थिक अबस्था भएको हाम्रो परिवारबाट रकम जुटाएर उपचार गर्ने अबस्था रहेन । लामो समयसम्मको उपचारबाट गर्दा पनि अझै रोग पत्ता लाग्न सकेको छैन् । अन्य चेकजाँच बाँकी नै छन् ।

तर यसको लागि परिवारले रकम जुटाउन सकेको छैन । उपचारको लागि आर्थिक सहयोग गरिदिन हुन अनुरोध गर्दछु । इच्छुकले सिटिजन्स बैंकमा रहेको खाता नम्बर ०२७०१०००००७२६००९ वा ९८६२५७५८५६ नम्बरमा रहेको इसेवा आईडी मार्फत सहयोग गर्न सक्नेछन ।


प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?