Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

खर्च अभावले रोकियो उपचारः बिपेशको जीवनरक्षाका लागि परिवारद्वारा सहयोगको अपिल


काठमाडौं । हुम्ला सार्केगाड गाँउपालिका १ घर भई बौद्धस्थित समता स्कुलमा अध्ययनरत १७ वर्षिय छोरा बिपेश कार्कीको परिवारले जीवनरक्षाको लागि अपिल गरेको छ । बुवा गड बहादुर कार्कीले एक्कासी दुबै खुट्टा नचल्ने, बाथरोग, उच्च ज्वरो र टाउकोमा पानी जमेको लगायत गम्भिर प्रकृतिको रोग लागेको बताए ।

चार महिनासम्म वीर अस्पताल, ग्राण्डि ईन्टरनेशनल अस्पताल, अन्नपुर्ण न्युरो अस्पताल, नर्भिक अस्पताल र नेपाल मेडिकल कलेजमा राखेर उपचार ग¥यौँ तर, रोगको उपचार हुन सकेको छैन । चिकित्सकहरुले कहिले क्यान्सर त कहिले टिबी भएको भन्दै उपचार गरेको तर,कुनै पनि उपचार सफल भएन ।

उनले परिवारबाट ऋण सापट गरेर धान्न सक्ने सबै उपचार भयो । उपचार गर्न नसक्दा स्वास्थ्य अवस्था झन विग्रँदै गएको बताए । उपचारको लागि अस्पतालले पेट स्क्यानको लागि ७० हजार र एक पटक ईनजेक्सन लगाएको मात्रै २ लाख १० हजार चाहिने जानकारी गराएको थियो । तर कमजोर आर्थिक अबस्था भएको हाम्रो परिवारबाट रकम जुटाएर उपचार गर्ने अबस्था रहेन । लामो समयसम्मको उपचारबाट गर्दा पनि अझै रोग पत्ता लाग्न सकेको छैन् । अन्य चेकजाँच बाँकी नै छन् ।

तर यसको लागि परिवारले रकम जुटाउन सकेको छैन । उपचारको लागि आर्थिक सहयोग गरिदिन हुन अनुरोध गर्दछु । इच्छुकले सिटिजन्स बैंकमा रहेको खाता नम्बर ०२७०१०००००७२६००९ वा ९८६२५७५८५६ नम्बरमा रहेको इसेवा आईडी मार्फत सहयोग गर्न सक्नेछन ।


प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?