७ ,मङ्सिर ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई हिजो मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ
७ ,मङ्सिर ,ताप्लेजुङ । समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो । आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी
७,मङ्सिर ,काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिका–८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । मङ्गलबारदेखि सुरु भएको जात्रा बुधबार सम्पन्न भएको हो । हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय सहरबाट दर्शनार्थी आएका
७ ,मङ्सिर ,सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२
७ ,मङ्सिर ,काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो
७ ,मङ्सिर ,धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा
७ ,मङ्सिर ,काठमाडौँ । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनिसँग तितो अनुभव छ । “सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०/३२ जातीय विभेदका
७ ,मङ्सिर ,बेनी (म्याग्दी) । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउन थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले
७ ,मङ्सिर ,जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेसँगै
काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।