Trending
>>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


पशुपतिनाथ मन्दिर तोडफोडको प्रयासपछि नेपाली सेना पुग्यो

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको छ। सेनाले हाल भइरहेको आन्दोलनका क्रममा देखिएका लुटपाट, आगजनी र तोडफोडजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ। स्थिति अझ जटिल भएमा नियन्त्रणका लागि कठोर कदम चालिने सेनाले

“सुरक्षा कमाण्ड सम्हाल्दै नेपाली सेना”

काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार असामाजिक गतिविधि रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने उल्लेख गरिएको छ। सोही

जेलबाट निस्किए रवि लामिछाने

काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।

जेनजी प्रदर्शनकारीहरूले शेरबहादुर देउवा र आरजु राणालाई कुटपिट गरेका छन्

काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।

मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग

केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको छ। हिजो देखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो।

एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न

दोस्रो दिन जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।

जेरुसेलम बसमा प्यालेस्टिनी बन्दुकधारीहरूद्वारा गोली हानेर ६ जनाको हत्या

इजरायल। इजरायली अधिकारीहरूले सोमवार जेरुसेलमको बस स्टपमा गोली हानेर कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले दुई आक्रमणकारीले बस स्टपमा र त्यसपछि बसमा गोली हानेको बताएको छ । सुरक्षाकर्मी र एक नागरिकले जवाफी गोली हानेपछि आक्रमणकारीहरू घटनास्थलमै मारिएको बताएको छ । इजरायलको म्यागेन डेभिड एडोम एम्बुलेन्स सेवाले मृतकहरूमा

सम्वन्धित समाचारहरु