Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने


काठमाडौं। काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको काठमाडौं महानगरपालिका ५० औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो । जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रश्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

उनले भनिन्,‘काठमाडौं महानगरपालिका नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धमा आगामी जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाकमो नगर सभाको १९ औ अधिवेशनको पहिलो बैठक बस्नेगरी अधिवेशन गर्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गर्दछु ।’

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?