१३ ,श्रावण ,कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो । पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका
१३ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताएका हुन् । “विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम
१३ ,श्रावण ,काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको
१३ ,श्रावण ,लुम्बिनी । बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक पहलद्वारा सञ्चालित ‘सम्मान परियोजना’को आयोजनामा आज बुटवलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपालमा
१३ ,श्रावण ,राँझा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् । एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिका लागि नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड नभई शालिनता हुनुपर्दछ ।” अहमता र घमण्डलाई त्यागेर
१३ श्रावण, काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन्। विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन्। गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब
१३ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । त्रिदेशीय भ्रमणका क्रममा उहाँ गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय
१३ श्रावण, काठमाडाैँ । काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन
१३ श्रावण, म्याग्दी । शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–३ बैसरीमा पहिरोले गर्दा सडक अवरुद्ध भएको हो। रातिदेखि नै पहिरो झरेपछि मुस्ताङ जाने पर्यटक अलपत्र परेका छन्। लगातार पहिरो गएकाले सडक खुलाउन नसकिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। पहिरोले रघुगंगा –३
१३ श्रावण, ताप्लेजुङ । जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र ? शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य