Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध


१३ श्रावण, म्याग्दी । शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।

रघुगंगा गाउँपालिका–३ बैसरीमा पहिरोले गर्दा सडक अवरुद्ध भएको हो। रातिदेखि नै पहिरो झरेपछि मुस्ताङ जाने पर्यटक अलपत्र परेका छन्। लगातार पहिरो गएकाले सडक खुलाउन नसकिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। पहिरोले रघुगंगा –३ बैशरीमा सडक अबरुद्ध भएको अध्यक्ष भण्डारीले बताए।

सडक खुलाउनका लागि प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्नेक्रम नरोकिएपछि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?