Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध


१३ श्रावण, म्याग्दी । शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।

रघुगंगा गाउँपालिका–३ बैसरीमा पहिरोले गर्दा सडक अवरुद्ध भएको हो। रातिदेखि नै पहिरो झरेपछि मुस्ताङ जाने पर्यटक अलपत्र परेका छन्। लगातार पहिरो गएकाले सडक खुलाउन नसकिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। पहिरोले रघुगंगा –३ बैशरीमा सडक अबरुद्ध भएको अध्यक्ष भण्डारीले बताए।

सडक खुलाउनका लागि प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्नेक्रम नरोकिएपछि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?