३२ श्रावण, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन
३२ श्रावण, एजेन्सि । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको
३२ श्रावण, काठमाडौं । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको हो । ‘मुलुकको आर्थिक विकासको मोडल र विकास
३२ श्रावण, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ८०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको
३२ श्रावण, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज (बिहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा
३२ श्रावण, काठमाडाैँ । नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’
३२ श्रावण, भोजपुर । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले
३२ श्रावण, बागलुङ । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी
३२ श्रावण, पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।
३२ श्रावण, हेटाैँडा । आफ्नै लिंग काटेर एक व्यक्ति घाइते भएका छन्। हेटौँडा बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका व्यक्तिले आफैँले संवेदनशील अंग काटेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दिएको जानकारी अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले बुधबार राती ११ बजे आफ्नै लिंग काटेका हुन् । उनी घाइते भएपछि उपचारका