Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

समाचार


अभिनेत्री निरूता सिंहले गरिन् विवाह

१६ भदाै, काठमाडाै । अभिनेत्री निरूता सिंहले विवाह गरेकी छिन् । उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेको जानकारी दिएकी छन् । उनले दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म नेपाली फिल्म इण्डस्ट्रीका लागि दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

भ्रष्टाचारीलाई कांग्रेसमा ठाँउ छैन : महामन्त्री थापा

१६ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताएका छन्। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उनले यस्तो बताएका हुन्। शनिबार झापाको धुलावारीमा नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले जनतामा निराशाबाट आशामा जोगाउनका लागि नेपाली कांग्रेसले जस्तोसुकै मूल्य

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका महत्वपूर्ण छ : सुनिता डङ्गोल

१६ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखिन् । उपप्रमुख डङ्गोलले भनिन,

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

१६ भदाै, काठमाडाैँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार भएपछि उनी शनिबार बिहान डिस्चार्ज भएका हुन् । शुक्रबार साँझ साह धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएको थिए । उनको मुटुमा समस्या देखिएको जानकारी दिइएको थियो ।

हाम्रो नीतिबाहेक अर्को नीति छैन, व्यक्ति र पार्टीको नाममात्र फरक हो : पृथ्वीसुब्बा गुरुङ

१६ भदौ, काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट

हवाई डढेलोः ३८५ जना बेपत्ता

१६ भदाै, एजेन्सी । अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर उ्रक्त जानकारी दिएको हो । माउइ जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर एक

सूर्यको अध्ययन र अनुसन्धान गर्न भारतले पठायो आदित्य एल-१

१६ भदाै, एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पहिलो रोभर अवतरण गरेर इतिहास रचेको केही दिनपछि नै सूर्यमा आफ्नो पहिलो अवलोकन अभियान सुरु गरेको छ । यसका लागि भारतले आदित्य एल-१को सफल प्रक्षेपण समेत गरेको छ । यसले पृथ्वीबाट १.५ मिलियन किमी (९ लाख ३२ हजार माइल) यात्रा गर्ने बताइएको

मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी जनशक्ति तयार

१६ भदाै, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

१६ भदौ, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान उदघाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री महत

१६ भदाै, काठमाडाैँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक

सम्वन्धित समाचारहरु