Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सूर्यको अध्ययन र अनुसन्धान गर्न भारतले पठायो आदित्य एल-१


१६ भदाै, एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पहिलो रोभर अवतरण गरेर इतिहास रचेको केही दिनपछि नै सूर्यमा आफ्नो पहिलो अवलोकन अभियान सुरु गरेको छ ।

यसका लागि भारतले आदित्य एल-१को सफल प्रक्षेपण समेत गरेको छ । यसले पृथ्वीबाट १.५ मिलियन किमी (९ लाख ३२ हजार माइल) यात्रा गर्ने बताइएको छ । जुन पृथ्वी देखि सूर्य दूरीको १ प्रतिशत हो ।

भारतको अन्तरिक्ष एजेन्सीले यति लामो यात्रा गर्न चार महिना लाग्ने बताएको छ ।

सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष-आधारित मिशन सूर्यको नाममा राखिएको छ। सूर्य हिन्दूका देवता हुन् जसलाई आदित्य पनि भनिन्छ ।

 


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?