Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अभिनेत्री निरूता सिंहले गरिन् विवाह


१६ भदाै, काठमाडाै । अभिनेत्री निरूता सिंहले विवाह गरेकी छिन् । उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेको जानकारी दिएकी छन् ।

उनले दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म नेपाली फिल्म इण्डस्ट्रीका लागि दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

यस्तो छ उनले विवाहबारे जानकारी दिँदै लेखेको स्टाटसः

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफन्त तथा छर छिमेकीहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाफ दिन गई रहेको छु ।

तपाईँहरूको निरूता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहजुर सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?