Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

अभिनेत्री निरूता सिंहले गरिन् विवाह


१६ भदाै, काठमाडाै । अभिनेत्री निरूता सिंहले विवाह गरेकी छिन् । उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेको जानकारी दिएकी छन् ।

उनले दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म नेपाली फिल्म इण्डस्ट्रीका लागि दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

यस्तो छ उनले विवाहबारे जानकारी दिँदै लेखेको स्टाटसः

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफन्त तथा छर छिमेकीहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाफ दिन गई रहेको छु ।

तपाईँहरूको निरूता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहजुर सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?