Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

९ जेठ, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो

शेयर बजारमा उच्च अङ्कको वृद्धि

९ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताएका छन् । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको

बागमतीमा प्रि-बजेटबारे छलफल

९ जेठ, हेटाैँडा । बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा मन्त्री लामाले उद्यम प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

९ जेठ, काठमाडाैँ । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८

चट्याङ लागेर एक महिलाको मृत्यु

९ जेठ, राैतहट । रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीया श्रीमती प्रतिमा देवीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । धारामा पानी लिन गएको बेला चट्याङ लागेर प्रतिमा देवीको मृत्यु

सुनसरीमा मिटरब्याजीविरुद्ध २ सय ४९को उजुरी, वडाध्यक्षविरूद्ध पनि उजुरी दर्ता

९ जेठ, सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

९ जेठ, काठमाडाैँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

९ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत

एकदिवसीय विश्वकप छनोट तालिका सार्वजनिक, समूह ‘ए’ मा पर्यो नेपाल

९ जेठ, काठमाडाैँ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड,

सम्वन्धित समाचारहरु