Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

समाचार


युवालाई गाउँमै रोजगारी दिने वाचा गर्दै चुनाव जितेका वडा सदस्य रोजगारीका लागि विदेश उडे

१५ चैत्र, काठमाडाैँ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित एक जनप्रतिनिधि रोजगारीका लागि विदेश गएका छन्। इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन् । उनले २०२२ को ईपीएस परीक्षा उत्तीर्ण गरेसँगै रोजगारीका लागि उक्त गन्तव्यमा गएका हुन् । उनी रोजगारीका

एकीकृत समाजवादीबाट सरकारमा जाँदै प्रकाश ज्वाला

१५ चैत्र, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रकाश ज्वाला सरकारमा जाने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा ज्वालालाई पठाउने निर्णय समाजवादी आज बसेको आकस्मिक बैठकले गरेको हो । पहिलो चरणमा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बताइएको छ । वर्तमान  भौतिक पूर्वाधार मन्त्री

नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने

१५ चैत्र, काठमाडाैँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई दिन सहमति देखाएपछि श्रेष्ठ गृहमन्त्री बन्ने भएको बताइएको छ । अहिले श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन्

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

१५ चैत्र, बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

१५ चैत्र, झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

१५ चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् । उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको

राष्ट्रपति पाैडेलसँग अवैतनिक महावाणिज्य र वाणिज्यदूतको भेट

१५ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आउनुभएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा

पहिले बाग्मती सभ्यता जोगाउ अनि लिपुलेक, लिम्पियाधुरा पनि जोगाउँला- मेयर बालेन

१५ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बाग्मती सभ्यताहरुको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारण राखेका हुन्। ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ।' उनले भने ' हामी

सत्ता गठबन्धनको अर्को बैठक ३ बजे बस्ने

१५ चैत्र, काठमाडाैँ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ । बुधबार

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

१५ चैत्र, काठमाडाैँ । मेलम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य

सम्वन्धित समाचारहरु