Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

६० लाख अमेरिकी डलरले घट्यो पाकिस्तानको विदेशी मुद्रा सञ्चिति


२२ वैशाख, एजेन्सी । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।
गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।

पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?