Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

समाचार


राप्रपा केन्द्रीय कार्यसमितिको बैठक : सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग

३ जेठ, काठमाडाैँ । राप्रपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका

काठमाडौं महानगरको आयमा ७०.९६ प्रतिशत प्रगति

३ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सात अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपियाँ राजस्व सङ्कलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस बर्षका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रुपियाँ राजस्व अनुमान गरिएको थियो । संकलित राजस्वमा

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

३ जेठ, एजेन्सी । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव

३ जेठ, काठमाडाैँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले

काठमाडाैँको खोलामा खस्यो बस, १० जना घाइते

३ जेठ, काठमाडाैँ । तारकेश्वर नगरपालिका वडा नं. ११ को शेषमती पुल क्षेत्रमा यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते भएका छन् । बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कँवरका अनुसार बसले मोटरसाइकललाई पनि खोलामा झारेको छ । उनले

दोहोरो अङ्कले बढ्यो शेयर बजार

३ जेठ, काठमाडाैँ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ

‘सुडानीलाई सहयोग गर्न तीन अर्ब डलर आवश्यक’

३ जेठ, एजेन्सी । द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड

४२ किलो गाँजासहित दुई जना पक्राउ

३ जेठ, महोत्तरी । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका

उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेशिए

३ जेठ, उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

३ जेठ, पोखरा । यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई

सम्वन्धित समाचारहरु