Trending
>>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

समाचार


चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

१५ ,श्रावण ,भरतपुर । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि,

‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

१५ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव प्रस्तुत गरेकि थिईन् । उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले

आज खीर दिवस

१५ ,श्रावण ,काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज

कला परिषद्ले भारतमा बृहत् कलाकृति प्रदर्शन गर्दै

१४ ,श्रावण ,काठमाडौँ । नेपाल कला परिषद्ले विश्वमा हुने हालसम्मको सबैभन्दा ठूलो नेपालका आधुनिक कलाकृतिको प्रदर्शन भारतमा गर्न लागेको छ । भारतमा आयोजना हुन गइरहेको जी २० मुलुकहरूको सम्मेलनका अवसरमा यही साउन २२ देखि असोज २० गतेसम्म आयोजना हुने ‘विहार म्युजियम वियनाल २०२३’ अन्तर्राष्ट्रिय कार्यक्रममा परिषद्ले सो प्रदर्शनी गर्न लागेको

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह

१४ ,श्रावण ,अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए । सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी

त्रियुगा पुल एक वर्षमा सम्पन्न गरिनेछ : मन्त्री ज्वाला

१४ ,श्रावण ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै

‘रोबोटिक प्रदर्शनी’

१४ ,श्रावण ,काठमाडौँ । एक्काइसौँ शताब्दीका बालबालिकालाई सूचना प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिने उद्देश्यले ‘रोबोटिक प्रदर्शनी’ गरिएको छ । ‘टेक–एक्स २०२३’ को अवसरमा साउन ११ गतेदेखि आजसम्म ‘रोबोटिक’ प्रदर्शनी गरिएको हो । डिल्लीबजारस्थित सफ्ट्वेरिका कलेजले आयोजना गरेको सो ‘टेक–एक्स २०२३’ को टेक–एक्समा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी

पहिरो खस्दा दुईको मृत्यु

१४ ,श्रावण ,रुकुम (पश्चिम) । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

१४ ,श्रावण ,भादगाउँ । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको

बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

१४ ,श्रावण ,काठमाडौँ । बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

सम्वन्धित समाचारहरु