काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रश्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशत भन्दा बढिले
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ
काठमाडौं । पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् । चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्ष यात्रा गर्ने तयारी गरेका हुन् । चिनियाँ समकक्षीहरूसँग महिनौँसम्मको कठिन प्रशिक्षण पूरा गरेपछि अली
काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टी विरुद्ध गतिविधि गर्ने नेताहरुलाई पदबाट राजिनामा दिन सुझाव दिएका छन् । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजिनामा दिन सुझाव दिएका छन् । उनले पार्टी निर्णय र विधान नमान्नेले पद
काठमाडौँ।देशका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा आधाभन्दा बढी औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा मंगलवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक शम्भु साहले यस्तो बताएका हुन् । उनकाअनुसार विभागले विराटनगर, नेपालगञ्ज
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास सम्भव नरहेको बताएका छन् मंगलवार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरि बतास आउन सम्भव नरहेको जिकिर गरेका
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण उपलब्धिमूलक नभएको टीप्पणी गरेका छन् । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गरेका हुन् । तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उनको
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्नुपर्ने बहस भएको छ । समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दलाई हटाएर अन्य उपयुक्त शब्द राख्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले ‘वेश्यावृत्ति’ शब्दलाई विस्तारै