Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड

काठमाडौँ । लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिएका छन् । गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ । यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन

संसद्मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

काठमाडौँ । निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौँ ।  फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

काठमाडौँ । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका

भूकम्पपीडितलाई इयूको २८ करोड ८० लाख सहयोग

काठमाडौ। युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने

सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

३० ,कात्तिक ,म्याड्रिड। समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्रीछेमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनि पुन: निर्वाचित भएका हुन् । दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक

३० ,कात्तिक ,काठमाडौँ । कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि कास्यपदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हँुदै आएको छ ।

“ परिवर्तनको गति बढाउदै” नारासहित विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं। विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र सरसफाईको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुर्याउने ढंगले विश्व

सम्वन्धित समाचारहरु