Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड


काठमाडौँ । लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिएका छन् ।

गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।

नेपालको सामाजिक–आर्थिक विकासमा लिथवेनिया सरकार तथा जनताबाट प्राप्त सहयोगका निम्ति उहाँले हार्दिक कृतज्ञता ज्ञापन गरे ।

राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट राष्ट्रपति नौसेदको व्यक्तिगत सुख, सुवास्थ्यका साथै लिथवेनियाका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको कोपनहेगनस्थित नेपाली राजदूतावासले जनाएको छ ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?