Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

“ परिवर्तनको गति बढाउदै” नारासहित विश्व शौचालय दिवस मनाइँदै


काठमाडौं। विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र सरसफाईको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुर्याउने ढंगले विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको बताएका छन् ।स्मार्ट वास सोलुसन्सले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक शौचालयहरुको व्यवस्थापनका विषयमा केन्द्रित रही शुक्रबार एक कार्यशाला गोष्ठि आयोजना गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपालसंगको सहकार्यमा स्मार्ट वासले भोलि मंसिर १ गत े(तद्अनुसार १७ सेप्टेम्बर २०२३)मा होटल हिमालय,कुपण्डोल ललितपुरमा एक कार्यशालाको आयोजना गर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघले तय गरेको परिवर्तनको गति बढाउदै भन्ने मूल नारालाई टेवा पुग्ने गरी तय गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठिमा विज्ञहरुद्धारा पाँचवटा कार्यपत्रहरु प्रस्तुत गरी छलफल गरिने छ ।

छलफलबाट प्राप्त निश्कर्ष र सुझाबहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकायसमक्ष प्रस्तुत गरिने छ । यसले राष्ट्रसंघद्धारा निर्धारित गरिएको दीगो विकास लक्ष्य हासिल गर्ने नेपालको कार्यक्रमलाई गति दिन सघाउने विश्वास आयोजकहरुको रहेको छ । नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, हाम्रा शहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र सुसंस्कार विकसित गर्ने यस अभियानलाई घरघर र जनजनमा पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न आयोजकहरुले बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.निजी क्षेत्रबाट खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्ने उद्देश्यले खानेपानीका क्षेत्रमा क्रियाशील विज्ञहरुको पहलमा स्थापना भएको संस्था हो । यसले स्वच्छ तथा सुरक्षित खानेपानीको उपलब्धता, बर्षाको पानीको संकलन र भण्डारण, सरसफाई, मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।त्यस्तै इन्टरनेशल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपाल खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु हुन्।


प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?