Trending
>>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन >>   अर्बौं खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ, हामी विजयको तयारीमा छौंः अध्यक्ष ओली >>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

समाचार


नेपाल भारतसँग पराजित

६ चैत्र ,काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो । भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन्

पच्चीस लाखको अक्षयकोष स्थापना

६ चैत्र ,काठमाडौँ । ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका

आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

६ चैत्र ,काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

६ चैत, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमबार उनले संघीय संसदबाट विश्वासको मत पाएका हुन् । आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएका हुन् । यसअघि गएकाे पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ । उहाँले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका हुन् । गत पुस १० गते

प्रचण्डले ओलीलाई भने – मैले दुईपटक प्रधानमन्त्री बनाएँ, अझै एउटा हिसाब बाँकी छ

६ चैत्र, काठमाडाैँ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । सोमबार विश्वासको मत लिने क्रममा संसदमा प्रश्नहरूको उत्तर दिँदै ओलीलाई हिसाब किताब राख्न अनुरोध गरेका छन् । सो क्रममा उनले दुईपटक प्रधानमन्त्री बनाएको र त्यसको

सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी

६ चैत्र, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताए । “प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन

प्रधानमन्त्री प्रचण्डले खुलाए एमालेसँगको गठबन्धन तोड्नुको कारण

६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सत्तासहकार्य तोड्नुको कारण खुलाएका छन् । सोमबार विश्वासको मत लिनुअघि संसदमा बोल्दै प्रचण्डले उक्त कारण खुलाएका हुन् । प्रचण्डले संसद विघटनको मुद्दालाई साथ दिनुपर्ने भएका कारण एमालेसँगको सहकार्य टुटेको अभिव्यक्ति दिएका छन् । विश्वासको मत माग्दै प्रचण्डले संसद विघटन कुनै तरिकाबाट सान्दर्भिक

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: माधव नेपाल

६ चैत्र, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन

६ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए ।

सम्वन्धित समाचारहरु