Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा मदन पुरस्कार विजेता प्रा डा श्रेष्ठ र राई सम्मानित


९ वैशाख ,मोरङ । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज यहाँ दुई जना स्रष्टालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्ने समालोचक प्रा डा दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राई हुन्।

देवकुमारी थापा स्मृति विसं २०७९ बाट प्रा डा श्रेष्ठलाई रु ५१ हजार र बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई नगद रु २५ हजार एवं सम्मानपत्रबाट सम्मान गरिएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजण्डारीले स्रष्टालाई सम्मान गर्दै साहित्यकार र साहित्य मुलुकको सम्पत्ति भएकाले यसको संस्थागत विकास एवं संरक्षण गरिने बताए । उनले यो प्रदेश विभिन्न जातजाति बसोबास गर्ने एउटा फूलबारी भएकाले साझा पहिचानका आधारमा कोशी प्रदेश नामकरण गरिएको बताए ।

मन्त्री राजभण्डारीले पहिचानवादीले विरोधको कार्यक्रम गर्दा शान्तिपूर्ण गर्न आग्रह गर्दै आगामी दिनमा हुने निर्वाचनमा प्राप्त गरिने दुईतिहाइ मतका आधारमा संवैधानिक र कानुनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन सकिने धारणा राखे ।

सम्मानित स्रष्टा प्रा डा श्रेष्ठले आगामी दिनमा ‘खुकुरी र सगरमाथा’का विषयमा व्यापक अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने उद्देश्यले कार्यप्रारम्भ गरिरहेको जानकारी दिए । गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकार प्रमोद प्रधान, दधिराज सुवेदी, विवश पोखरेल, दिनेश सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य, कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने धारणा राखे ।

सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गर्नुभएको ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन गरे ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?